“जीआरएनसीको १० कीमी र फन रनको पूर्व तयारी पूरा भएको छ”: प्रवक्ता प्रमिला लाबुङ राई

  Khusi limbu

अल्डरशट, ३ अक्टुबर ।

ग्रेटर रशमूर नेपाली कम्युनिटी (जीआरएनसी) ले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि १४ अक्टुवर २०१८ रशमूर ब्रो काउन्सिल र बल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र ०२ किलोमिटरको फन रन गर्ने भएको छ । जसका लागि सम्पूर्ण तयारी भइसकेको जीएनआरसीकी प्रवक्ता श्रीमती प्रमिला लाबुङ राईले आज एक प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

यस वर्ष १०के तर्फ ११०० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेकोमा १० के तर्फ हालसम्म ९६८ जनाले बुक गरिसकेको बिज्ञप्तिमा उल्लेख छ ।

नेपाली र स्थानीय समूदाय एक साथ रही आयोजना गरिने उक्त रन पहिला १० के मात्र गर्ने गरिएकोमा गत बर्षदेखि बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी फन रनको समेत आयोजना गर्ने गरिन्छ भने फन रनको सम्पूर्ण जिम्मेवारी ग्रेटर रशमूर नेपाली कम्युनिटीले बहन गरेको गरेको छ।

बिज्ञप्तिमा भनिएको छ, “दुवै सुमूदाय बीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएको कारण हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरिएको हो । सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ बरिष्ठ उपाध्यक्ष राम धन राइ, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ र बिर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ भने सल्लाहाकार क्याप्टेन बिर थापा र उनको टिमले सम्पूर्ण मार्शल र साँस्कृतिक क्रियाकिलापको जिम्मेवारी निर्वाह गर्ने छ।

त्यसै गरि मिमोसा अल्डरशटका मेनेजर एवं जीआरएनसी सदस्य दिल नेपालीले हल्का खानाको व्यवस्था गर्ने छन भने रशमोर बरो काउन्सिलका मार्टिन स्टेरियो, बेल्याक वाटर भ्याली रनर्सका देव पोर्टर, ग्रेंजरका जेनी अपस्टिलको बिशेष जिम्मेवारी रहेको छ।”

१० के एवं ०२ के फन रनको लागि हालै बसेको बैठकको समिक्षा अनुसार बिगत बर्षहरुमा भन्दा यो बर्ष नेपालीको तर्फबाट दौडमा भाग लिनेको संख्या निकै नै घटेको पाइएकोले पुनस: सबै नेपाली समुदायमा https://www.fullonsport.com/event/rushmoor-wellesley-10k-run-2018/profile मा गइ यथासक्य छिटो बुक गर्नु हुन जीआरएनसीले बिज्ञप्तिमार्फत अपिल गरेको छ ।

दौडमा १० के तर्फ टिशर्ट र मेडल प्रदान गरिने छ भने फन रन तर्फ मेडल प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार