छैटौं पाँचथर फुटबल कप यूकेको उपाधि तोङ्बा एफसीले जित्यो

प्रेम धलाब सुहाङ, लण्डन ।

गत सनीवार २९ अप्रिल २०१७ का दिन लण्डनस्थित फेल्थाम कम्युनिटी हलको फुटबल मैदानमा पाँचथर समाज सेवा यूकेले छैटौं पाँचथर फुटबल कप सफलताका साथ सम्पन्न गर्यो ।

मेन कप, भेटरन र सुपर भेटरन गरी तीन विधामा खेलाइएको पाँचथर फुटबल कपमा जम्मा ३३ टिमले भाग लिएर प्रतिस्पर्धा गरेका थिए | प्रारम्भिक चरणका खेलहरु छ वटा खेल मैदानमा एकै साथ खेलाइएको थियो भने क्वाटर फाइनल, सेमी फाइनल र फाइनल खेलहरु मूख्य मैदानमा खेलाइएको थियो ।

मेन कप विधाको फाइनल खेल तोङ्बा एफसी र प्लमस्टेड एफसी बीच भएको थियो | सुरुदेखि नै निकै आक्रामक शैलीमा उत्रेको तोङ्बा एफसीले बिपक्षी खेलाडीहरु सम्हालिन नपाउंदै बायाँ साइडबाट फालेको लामो क्रसलाई स्ट्राइकरले हेडिङ्ग गरेर खेल शुरु भएको एक मिनेटमै सुन्दर गोल गरेका थिए । एक गोलले पछि परेको प्लमस्टेड एफसीका खेलाडीहरुले पनि राम्रो तालमेल मिलाउंदै हाफ टाइमभन्दा अगाडि गोल गरेर बराबरी बनाउन सफल भए ।

दोस्रो हाफको अन्त्यतिर पाएको अवसरलाई तोङ्बा एफसीले सदुपयोग गर्दै दोस्रो गोल गर्यो र प्लमस्टेड लाइ २-१ ले हरायो । खेल अबधिभित्र प्लमस्टेड एफसीले गोल गर्ने केहि सुन्दर अवसरहरु खेर फाल्यो भने तोङ्बा एफसीका गोलकिपरले खेल अबधिभर नै उत्क्रिस्ट बचाउहरु गरे |

मेन कपका टप स्कोररको उपाधि रेगन गुरुङले हात पार्न सफल भए भने बेस्ट प्लेयर अर्पण गुरुङले पाए । 

भेटरन कपको फाइनल खेलमा पोखरा एफसीले इलाम एफसीलाई पेनाल्टी सुट आउटमा जित्यो | खेल अबधिभर १-१ गोल भएर बराबरीमा टुङ्गिएको खेलमा एक्स्ट्रा टाइममा पनि कुनै गोल नभए पछि पेनाल्टी सुट आउटमा नै निर्णायक गोल हुन पुग्यो । पोखरा एफसीका गोल किपरले सुन्दर बचाउ गर्दै उपाधि दिलाए । भेटरन तर्फबाट टप स्कोरर गिरी गुरुङ भए भने बेस्ट प्लेयर मुन्ना गुरुङले हात पारे | मुन्ना गुरुङले खेल अबधिभरनै उत्र्किस्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भए ।

सुपर भेटरन तर्फको उपाधि धरान एफसीले हात पार्यो | केन्ट एफसीसंग भएको फाइनल प्रतिस्पर्धामा धरान एफसीका अनुभबी खेलाडीहरुले निकै नै राम्रो खेल प्रदर्शन गरे ।
छबि लिम्बुले टप स्कोररको उपाधि पाए भने टेक लिम्बु धरान एफसीले बेस्ट प्लेयरको पुरस्कार जिते ।

यो बर्षको पाँचथर फूटबल कप प्रतियगिताको ट्रफी र नगत पुरस्कारको प्रायोजन बिभिन्न संघ संस्था र ब्यक्ति ब्यक्तित्वहरुबाट भएको थियो | प्रायोजकहरुमा किराँत धर्म तथा साहित्य उत्थानसंघ यूके , याक्थुङ माङगेना चुम्लुङ बेलायत, सेवारो कलाकार संघ यूके, सेवा गोल्ड प्यालेस, दिलमाया तावा मेमोरियल फाउन्डेसन, समाजसेवी श्री चन्द्रमान लावती, सल्लाहकार श्री रकम बेघा, श्री गजेन्द्र लावती र परिवार (भरापा ५ ), सल्लाहकार श्री सूर्य गुरुङ, सदस्य श्री प्रदिप केरुङ, महिला बिभाग प्रमुख श्रीमती बिना एकतेन, क्याप्टेन श्री बिनोद केरुङ, दोश्रो गोर्खा राइफल्सका क्याप्टेन श्री युगल आङबो REME, र WO2 श्री कृष्ण योङहाङ 2RGR थिए । यसै गरी, श्री अम्बर फेवदेन र उहाँको परिवारले कार्यक्रममा उपस्थित पाहुना, अफिसिअल्स र अन्य सदस्यहरुलाई सौजन्य स्वरुप पानि, चिया र कफीको प्रायोजन गर्नु भएको थियो ।

संस्थाका महासचिब श्री नगेन्द्र नेम्बाङ्ग र सचिब श्री खगेन्द्र लावतीद्वारा संचालित कार्यक्रममा विभिन्न संघसंस्था, खेलाडीहरु, खेलप्रेमी महानुभाव र दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

श्री टेक मावो संयोजक र श्री नर बहादुर माखिमद्वारा संयोजित छैटौं पाँचथर फुटबल कपमा मौसमले कार्यक्रम अबधिभर राम्रो साथ दियो । श्री माबो र माखिम द्वयले कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति, संघसंस्था र खेलाडीहरुलाई स्वागत सहित हार्दिक धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री नरबिर आङबोले छैटौं पाँचथर फुटबल कपमा सहभागी टिमहरु, खेलाडीहरु, दर्शक महानुभाबहरु, सहभागी अतिथिहरु र पाँचथर कप फुटबल प्रतियोगिताको ट्रफी र नगद प्रायोजन गर्ने संघ संस्थाहरु र महानुभाबहरुलाई हार्दिक धन्यवाद दिनु भयो | श्री आङबोले यस बर्षको प्रतियोगितामा बाक्लो सहभागिता जनाउनु हुने सम्पुर्ण दर्शक र अतिथिहरु नै सफलताको श्रेय हुन् भन्नुहुँदै आगामी बर्षहरुमा पनि संस्थाले सहयोग, साथ र सल्लाहको अपेक्षा राखेको छ भन्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार