“एनआरएनएले गरेका असल कार्यहरुलाई पत्रकारहरुले विश्वभर फैलाउन मद्दत गरिरहेका छन्” – योगकुमार फगामी

लन्डन ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपालबाट आएका वरिष्ठ पत्रकार तथा बेलायतस्थित नेपाली अगुवाहरुसँग एक अन्तरक्रिया गरेको छ । गत शनीबार जुन २२ मा लन्डनको ह्यारो फुटवल क्लवमा भएको अन्तरसंवादमा बेलायतस्थित नेपाली समाजका अगुवाहरुले नेपाली संघसंस्था र पत्रकारहरु एकअर्का संग हातेमालो गरी अघि बढनु पर्नेमा जोड दिए । अन्तरसंवादमा सहभागीले सामाजिक अभियन्ता र पत्रकारलाई पारस्परिक् सहयोगका लागि हातेमालो गर्न आग्रह गरेका छन् ।

आफ्नै निजी भ्रमणमा नेपालबाट बेलायत आएका नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाल प्रेस काउन्सिलका सदस्य, खिल बहादुर भण्डारी, अनलाईन खवर डटकमका समाचार सम्पादक मातृका पौडेल र पूर्व पत्रकार तथा एनआरएनए अभियन्ता संगीता मरहट्टाको सहभागितामा बेलायतस्थित बिभिन्न संघसस्थाका अगुवाहरुको अन्तरसम्वादमा सहभागिता रह्यो।

एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले सामाजिक संस्थाहरुबीच हातेमालो जरुरी रहेको बताए । उनले एनआरएनएले समाजमा खेलेको राम्रा कामलाई पत्रकारिताले विश्वभर फैलाउन मद्दत गरिरहेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि एनआरएनए र पत्रकारवीच सहकार्य जरुरी रहेकाले यस्ता अन्तरसंवादलाई जारी राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार भगीरथ योगीले प्रवासमा नेपाली मिडिया, मिडिया काउन्सिल विधेयक, प्रवासीका समाचारलाई नेपाली संचार माध्यममा सिधा पहुँचका विषयमा समुहगत छलफल चलाए । जसमा प्रेस काउन्सिलका सदस्य भण्डारी, पत्रकारहरु पौडेल, आचार्य र संगीता मरहठ्ठाले भाग लिए । अन्तरसंवादमा फ्लोरबाट उठाइएका प्रश्नहरुको चारै जनाले जवाफ दिए ।

महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा महासचिव संजयभक्त कडेलले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालले धन्यवाद ज्ञापन गरे । महासंघ यूके शाखाका अध्यक्ष मगरले सहभागी सबैप्रति कार्यक्रममा सकृयतापूवर्क सहभागीता जनाएकोमा आभार प्रकट गरेका थिए ।

कार्यक्रम समापनपछि हलबाहिर पत्रकारहरु । तस्वीर शिब भण्डारी

अन्तरसंवादमा जनप्रगतिशील मंच यूकेका अध्यक्ष सुरेश गौतम, सोलिसिटर राजु थापा, एनआरएनए उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहामगर, आइसीसी सदस्य रामशरण सिंखडा, एनआरएनए अभियन्ता कृष्ण तिमल्सेना, समाजसेवी आरती श्रेष्ठ, सरस्वती केसी, कलाकार सनम वैराग, सिर्जनशील नेपाली समाज यूकेका पुर्वअध्यक्ष धनवहादुर सार्की, गुल्मी समाज युकेका पूर्वअध्यक्ष राम गलामी, अध्यक्ष टोप पल्ली, नेपाल प्रेस यूनियन यूकेका अध्यक्ष विपिन निरौला, पत्रकार राजेन्द्र भट्ट, नेप्लीज सेफ एसोसियसनका अध्यक्ष दधी आचार्य, व्यवसायी कमल पौडेल, व्यवसायी कृष्ण तिवारी, नेप्लीज ब्रिछिक कम्यूनिटीका अध्यक्ष मिलन घिमिरे, साहित्यकार खगेन्द्र नेपाली, बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, पत्रकार फडिन्द्र भट्टराई, व्यवसायी विष्णु खरेल, समाजसेवी क्षमता ढकाल, कमला राना लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार