एनपीसीसी यूकेको अधिवेशन सर्यो, क्षमता ढकाल र तारा गुरुङ कार्यसमितिमा

लण्डन ।

नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को कार्यसमितिको बैठक बसेको छ । गत आइतबार १९ जुलाईमा फेल्थाममा बसेको नियमित बैठकमा समितिका सदस्यहरु, सल्लाहकारहरु र पूर्व सभापतिहरु समेतको उपस्थिति रह्यो ।

बैठकले एनपीसीसी बेलायतको वर्तमान कार्यसमितिको कार्यावधि दुई महिना मात्रै बाँकी रहँदा अधिवेशनलाई ६ महिना जति पर सार्ने निर्णय गरेको छ ।

कोभिड–१९ र लकडाउनको प्रभाव साथै नेपालमा नेपाली कांग्रेसले समेत आफ्नो वडा, गाऊँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनहरुको तिथि परिवर्तन गर्दै गर्दा बेलायत कांग्रेसले पनि अधिवेशन सार्ने निर्णय लिएको हो ।

तर अधिवेशनअघिका बाँकी दिनहरुमा समिति नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण र नविकरणमा व्यस्त हुने भएको छ ।

यसैबीच, सभापति युवराज गुरुङले एनपीसीसी यूकेको विधानको धारा १३ उपधारा छ बमोजिम दुई सक्रिय सदस्यहरु तारा गुरुङ र क्षमता ढकाललाई कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार