BNO (GURKHA) ASSOCIATION UK - Khusilimbu.com

BNO (GURKHA) ASSOCIATION UK

  1. मे ११ २००५ मा फ्रिम्ली लज पार्कमा गोर्खा भुतपुर्ब सैनिक संघ गेसोको उपस्थितिमा बिएनओ हरुको ब्यापक भेला । उक्त भेलाद्धारा २५ सदस्यीय कार्यसमितिको गठन – तत्कालीन नाम बिएनओ सिटिजनसिप क्याम्पेन कमिटी राखिएको ।
  2. मे २२ मा फार्नबारोको गोर्खा प्यालेस रेस्टुरेण्टमा नयाँ कार्यसमितिको प्रथम बैठक सम्पन्न – जसमा २५ सदस्यहरुमध्ये १९ जना उपस्थित। उक्त बैठकले बिएनओ सिटिजनसिप क्याम्पेन कमिटीलाई एउटा स्वतन्त्र संगठनको रुपमा स्थापित गर्ने निर्णय अनुरुप ब्रिटिश नेशनल ओभरसिज गोर्खा एसोसियसन नामको संस्थाको जन्म ।
  3. सात सदस्यीय बिधाबन निर्माण समिति गठन गरी बिधानको मस्यौदा निर्माण ।
  4. अध्यक्ष,  उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्ष लगायत सदस्यहरु श्याम राई र पदम बहादुर थापा सात सहितको सात सदस्यीय सचिबालयकोे गठन ।
  5. कार्यसमितिको दोश्रो बैठक जुन ११ मा लण्डनको ग्रेनिचमा सम्पन्न ।
  6. केन्द्रीय उपाध्यक्ष श्रीमती रोमा राईको उपस्थितिमा हंगकंगमा १३ सदस्यीय बिएनओ गोर्खा एसोसियसन हंगकंग शाखा कार्यसमितिको तदर्थ समिति गठन तथा २६ जुनका दिन उक्त तदर्थ समितिको पुनर्गठन – श्री लक्ष्मी प्रसाद राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको चयन ।
  7. जुन २१ तारीख २००५ मा संस्थाद्धारा होमअफिस संग प्रथम पटक पत्राचार । उक्त पत्रमा बिएनओहरु नेपाल नागरिकता ऐन २०२० का आधारमा राज्यबिहीन भईसकेको हुनाले होमअफिसले आजसम्म बिएनओहरुलाई नेपाली नागरिकता त्यागेको वा नेपाली नागरिक नभएको भनी माग्दैआएको प्रमाण प्रति आपत्ति जनाउँदै उक्त भेदभाव र ब्यवधान तुरुन्त हटाउन आग्रह । त्यसैगरी नेपाल नागरिकता ऐन २०२० को ब्यवस्था बारेमा होमअफिसलाई जानकारी गराउँदै ब्रिटिश नेशनालिटी (हंगकंग) एक्ट १९९७ का आधारमा सहज रुपमा बेलायती नागरिकता पाउन पर्ने अडान ।
  8. जुन २४, २०२० मा अल्डरसटमा संस्थाको केन्द्रीय कार्यालय स्थापना ।
  9. तेश्रो बैठक केन्द्रीय कार्यालयमा जुलाई ३ मा सम्पन्न । टिम हिभर औपचारिक रुपमा कानुनी सल्लाहकार नियुक्त ।
  10. जुलाई २००५ मा नेपाल सरकारलाई पत्र पठाइएको । उक्त पत्रमा बिएनओहरु नेपालका नागरिक हुन् वा होइनन् भनी औपचारिक रुपमा प्रश्न ।
  11. जुलाई १७ मा नेपालको प्रधानमन्त्रि कार्यालय र सबोच्च अदालतद्धारा संस्थाको नाममा बिएनओहरु  नेपालका नागरिक होइनन् भन्ने पत्र जारी र उक्त पत्रहरु तत्कालै होमअफिसमा पेश ।
  12. जुलाई १८, २००५ मा टिकाराम राईको अध्यक्षतामा र केन्द्रीय सचिब खुसि लिम्बुको उपस्थितिमा १५ सदस्यीय बिएनओ केण्ट क्षेत्रीय कार्यसमितिको गठन।
  13. ३० जुलाई २००५ मा केन्द्र्र्रीय कार्यालय अल्डरसटमा सेक्रेटरियट कमिटीको प्रथम बैठक – निर्णयहरु– सचिबको सक्रियतामा बिएनओ गोर्खा एसोसियसन युकेलाई लिमिटेड बाई ग्यारेण्टी कम्पनीको रुपमा दर्ता गर्ने निर्णय, बेलायतका अन्य क्षेत्रहरुमा अन्य क्षेत्रीय कार्यसमितिहरु गठन गर्ने निर्णय, संस्थाको सदस्यता बितरणको निम्ति सदस्यता कार्ड निर्माण सम्पन्न र बितरणको कार्य शुरु, सदस्यता कार्ड, फारम, इयम फारम, ट्राभल रेकर्डस फारम र सदस्यताका शुल्क संकलनमा शिघ्रता ल्याउने निर्णय ।
  14. अगष्ट १ २००५ मा होमअफिसद्धारा बिएनओ गोर्खा एसोसियसनको नाममा पत्र जारी उक्त पत्रमा बिएनओहरु राज्यबिहीन भएको तथ्य सहस्र स्वीकार र त्यही बमोजिम ब्रिटिश नेशनालिटी हंगकंग एक्ट १९९७ का आधारमा बिएनओहरुलाई निमित्त बिना कुनै नेपाली नागरिकता त्यागेको प्रमाण नै आवेदन दिन सकिने गरी बेलायती नागरिकता दर्ताको आवेदन दिन सकिने जानकारी । संस्थाद्धारा उक्त पत्रका बारेमा ब्रिटिश कन्सुलेट हंगकंगलाई जानकारी साथै बिएनओ (गोर्खा) एसोसियसन हंगकंगलाई हंगकंगस्थित सम्पुर्ण बिएनओहरुलाई बेलायती होमअफिसको तत्कालीन निर्णय अनुरुप बेलायती नागरिकताका निम्ति ब्रिटिश कन्सुलेट हंगकंगमा आवेदन दिन भनी जानकारी गराउन निर्देशन ।
  15. १० अगष्ट मा होमअफिसलाई हंगकंगमा रहेका बिएनओहरुका आवेदन बेलायतबाट पहल गर्न सकिन्छ वा सकिन्न भन्ने सवालमा आधारित पत्र चलान ।
  16. अगष्टमा होमअफिसद्धारा पठाइएको पत्रमा हंगकंगमा रहेका बिएनओहरुले हंगकंगबाटै आवेदन दिनुपर्ने भन्ने जानकारी र त्यही बमोजिम हंगकंग कार्यसमितिलाई जानकारी ।
  17. २२ अगष्टमा  १९९७ को फेब्रुवरी ४ पछि हंगकंग प्रबेश गरेका बिएनओहरु र बिभिन्न कारणहरुबस बिएनओ पासपोर्ट लिन छुट भएका हंगकंगमा जन्मेका नेपाली पासपोर्ट बाहक गोर्खा सन्ततिहरुका समस्याहरुप्रति बेलायती होमअफिसको ध्यानाकर्षण गराउँदै उनीहरुले पनि बिना भेदभाव बेलायती नागरिकता पाउनपर्ने माग सहित पत्र चलान । उक्त पत्रको जवाफमा हाललाई उक्त ब्यवस्था नभएको भनी होमअफिसद्धारा अगष्ट ३१ मा संस्थालाई जानकारी ।
  18. १३ अगष्ट २००५ का दिन खुकुरी रेस्टुरेण्ट रेडिड.मा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा अञ्जना गुरुड.को अध्यक्षतामा १९ सदस्यीय थेम्स भ्याली क्षेत्रीय कार्य समितिको गठन।
  19. अगष्ट १४ का दिन पायल पब वेम्ब्लीमा रोहित गुरुड.को अध्यक्षतामा १५ सदस्यीय वेस्ट लण्डन क्षेत्रीय कार्यसमिति गठन ।
  20. २८ अगष्ट २००५ मा ग्रेनिच लण्डन कलेजमा टिपेन सिवाको अध्यक्षतामा २१ सदस्यीय इष्ट लण्डन क्षेत्रीय कार्यसमिति गठन ।
  21. ३० अगष्ट २००५ मा  ब्रिटिश कन्सुलेट हंगकंगद्धारा केन्द्रीय कार्यालयलाई पठाइएको पत्र प्राप्त । उक्त पत्रमा हंगकंगमा रहेका बिएनओहरुलाई बेलायती नागरिकताको निम्ति आवेदन दिन औपचारिक रुपमा आब्हान । त्यही बमोजिम हंगकंग कार्यसमितिलाई निर्देशन ।
  22. सेप्टेम्बर ६ मा सम्पुर्ण राज्यबिहीन बिएनओहरुले बेलायती नागरिकता पाउन पर्ने हक तथा अधिकारहरुका बारेमा बिभिन्न तर्कहरु तथा कानुनी प्रावधानहरुको उल्लेख गरी होमअफिसमा पुन पत्र पठाइएको ।
  23. सेप्टेम्बर ११ मा केन्द्रीय कोषाध्यक्ष दीपक थापा तथा केन्द्रीय सदस्य श्याम राईद्धारा हंगकंग कार्यसमितिको संयोजकत्वमा टाइमोसान कन्ट्री पार्कमा हंगकंगबासी बिएनओहरुसंग भेटघाट तथा उनीहरुलाई बिएनओ (गोर्खा) एसोसियसनले चलाएको आन्दोलन र त्यसको प्रगतिहरुबारे जानकारी ।
  24. सोही दिन लण्डनस्थित साउथहलको दार्जिलिड. इन् रेस्टुरेण्टमा कार्य समितिको तेश्रो बैठक सम्पन्न ।
  25. १२ सेप्टेम्बरमा प्रथम पटक बेलायतबाट संस्थागत रुपमा १२ जना बिएनओहरुको आवेदन होमअफिस पठाइएको र त्यसपछि फुटकर रुपमा आवेदन पठाउने कार्यमा निरन्तरता।
  26. १५ अक्टोबर २००५ मा फार्नबोरोको गोर्खा प्यालेस रेस्टुरेण्टमा कार्यसमितिको चौथो बैठक सम्पन्न ।
  27. गत जुलाई महिनामा नेपाल सरकारका तर्फबाट डा. त्रिलोचन उप्रेतीद्धारा पठाईएको पत्रका आधारमा बिएनओहरु नेपाली नागरिक हुन वा होइनन् भन्ने बारेमा बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्डस्मा २००५ को अक्टोबर महिना भरि जम्मा तीन पटकसम्म बहस भएको र जसका लागि बेलायतका लिबरल डेमोके्रटिक पार्टीका सांसद लर्ड एरिक एभिब्युरीद्धारा बिएनओहरु नेपाली नागरिक नभएका र त्यसैका आधारमा १९९७ एक्ट बमोजिम बेलायती नागरिकता दिइनु पर्दछ भनी सहायक गृहमन्त्रि संग अडान ।
  28. अक्टोबर २८ मा होमअफिसद्धारा केन्द्रीय कार्यसमितिलाई पत्र प्राप्त । उक्त पत्रमा नेपाल सरकारको तर्फबाट जुलाई महिनामा प्राप्त पत्रमा बिएनओहरु नेपालका नागरिक नभएको भन्ने रायको बाबजुद पनि होमअफिसद्धारा त्यसको अस्वीकार र नेपालको अदालतद्धारा उक्त कानुनी प्रावधान ब्यवहारिक रुपमा ‘ ‘ ‘ ‘ ‘  जानकारी । डा. त्रिलोचन उपे्रतीको पत्रको ब्याख्या । यीनै बिषयहरुमा आधारित रहेर नोभेम्बर ७ मा होमअफिसलाई पुनः पत्र ।
  29. नोभेम्बर ५ मा ओक फार्म स्कुल फार्नबोरोमा तिहार पार्टी तथा नेपालबाट आएका कलाकारहरु किरण प्रधान, सुकमित गुरुड. र दिपक थापाको सांस्कुतिक झाँकीहरुसहितको बिबिध कार्यक्रमहरु सम्पन्न ।
  30. २५ नोभेम्बर मा होमअफिसबाट बिएनओहरुका बारेमा पत्र कार्यसमितिलाई प्राप्त ।
  31. डिसेम्बर १८ २००५ मा फोक्सटनको आस्पेन रोडमा कार्यसमितिको पांचौ बैठक सम्पन्न।
  32. १३ जनवरी २००६ मा बिजिडब्ल्युयस संग संस्थाका अध्यक्ष र सचिबद्धारा प्रथम पटक भेट र उक्त बैठकमा बिएनओहरुका बारेमा छलफल ।
  33. २३ जनवरी २००६ मा बिएनओहरुले बेलायती नागरिकताको आन्दोलन शुरु गरे यता ब्रिटिश कन्सुलेट हंगकंग मार्पmत प्रथम पटक ३ जना बिएनओहरुले १९९७ एक्टका आधारमा बेलायती नागरिकता पाएको खबर हंगकंगबाट प्राप्त ।
  34. मार्च ९ मा होमअफिसद्धारा जारी पत्रमा १९९७ फेब्रुवरी ४ मा २१ बर्ष नपुगेका बिएनओहरु बेलायती नागरिकता पाउन योग्य छैनन् भन्ने सम्बन्धमा प्रथम पटक पत्राचार ।
  35. मार्च ९, २००६ बिएनओ ( गोर्खा ) लाई कम्युनिटी इन्टे्रस्ट कम्पनीको रुपमा बेलायतमा दर्ता ।
  36. मार्च १२, २००६ का दिन फार्नबोरोको ओकफम कम्युनिटी स्कुलमा एसोसियसनको प्रथम साधारण सभा सम्पन्न । जसमा मार्च ३१ २००६ सम्मको सांगठनिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत । बिएनओहरुलाई राज्यबिहिन अवस्थाबाट पार गराई बेलायती नागरिकता दिलाउनका निम्ति उल्लेखनीय योगदान दिएबापत प्रधानमन्त्रि तथा मन्त्रिपरिषदका कार्यालयका कार्यालयका सहसचिब डा. त्रिलोचन उप्रेती तथा सर्बोच्च अदालतका श्री हेमलाल बेलबासे ज्युलाई दोसल्ला र सम्मान पत्रद्धारा सम्मानित ।
  37. उक्त साधारण सभामा भएका निर्णयहरुमा होमअफिसद्धारा बिएनओहरु हंगकंगको सामान्य बासिन्दा नभएकोले बेलायती नागरिकता प्राप्त गर्न योग्य नभएको, नेपालमा २१ बर्ष सम्म दोहोरो नागरिकता लिन पाइन्छ भनी १९९७ फेब्रुवरी ४ सम्ममा २१ नपुगेका बिएनओहरुको आवेदन रद्ध गरेको साथै उक्त मितिपछि हंगकंग प्रबेश गरेका बिएनओहरुले पनि बेलायती नागरिकता लिन नपाउने भन्ने निर्णयका बिरुद्ध अदालत जाने निर्णय सर्बसम्मत निर्णय । मार्च २२ २००६ का दिन नेपालको कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्रालयबाट के नेपालमा होमअफिसले दावी गरेझैं साँच्चि नै २१ बर्ष नपुगेसम्म दोहोरो नागरिकताको ब्यवस्था छ वा छैन भनी नेपाल नागरिकता ऐन २०२० को दफा ९ को उपदफा २ का बारेमा राय बुझिपाऊँ भनी शाही नेपाली राजदुतावास लण्डनमा पत्र पठाइएको र त्यसको बोधार्थ कानुन मन्त्रालय पठाइएको ।
  38. अप्रिल २ २००६ का दिन ग्रेनिच लण्डन कलेजमा कार्यसमितिको सातौं बैठक । उक्त बैठकले बिएनओ कार्यालयमा हाल बढ्दै गइरहेको कार्यभार र संस्थाको कार्यालय सुचारुरुपले अघि बढाउन एकजना कर्मचारी राख्ने निर्णय । मार्च १२ मा पारित निर्णयलाई कार्यान्वयन गर्न कार्यसमितिले चाँडोभन्दा चाँडो एक ब्यारिष्टर खोज्नपर्ने र संस्थाको अधिबेशन आगामी जुन २४ मा गर्ने निर्णय ।
  39. अप्रिल २९ २००६ का दिन रेडिड.को स्ट्याण्डर्ड तन्दुरी रेस्टुरेण्टमा कार्यसमितिको सातौं बैठक सम्पन्न । उक्त बैठकमा बिबिसिकी कार्यक्रम निर्मात्री श्रीमती क्यारोलाइन स्प्राइ तथा मानवअधिकारवादी अधिवक्ता सुश्री रिबेका विल्सन पनि उपस्थित । उहाँहरुद्धारा बिएनओहरुको आन्दोलनमा आफुहरुले सक्दो सहयोग गर्ने बचन तर त्यसका निम्ति बिएनओहरुले भोग्दैआइरहनु परेको पीरमार्का र बिपत्तिका उदाहरणहरुको खोजी ।
  40. जुन ६ २००६ का दिन मार्च २२ मा पठाइएको पत्रका बारेमा सुनुवाई नभएको सम्बन्धमा कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्रि श्री नरेन्द्र बिक्रम नेम्वड.संग टेलिफोनद्धारा सम्पर्क र सोधपुछ । यसका बारेमा आफुलाई जानकारी नभएको जनाउनुहुंदै मन्त्रि नेम्वाड.द्धारा चाँडोभन्दा चाँडो कारबाही अघि बढाउने आस्वासन ।
  41. मे, जुन र जुलाई महिनामा नेपाली राजदुतावास, परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयमा जम्मा पाँच पाँच पटकसम्म पत्राचार र कम्तिमा १५ पटकसम्म टेलिफोन बार्ता । त्यसै गरी नेपालमा २१ बर्षसम्मकालाइ दोहोरो नागरिकता लिन छुट भएको वा नभएको भन्ने बारेमा कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्रि, कानुन सचिब तथा परराष्ट्र सचिबबीच तीन पटक सम्म बैठक बसेको जानकारी कानुन मन्त्रालयद्धारा प्राप्त ।
  42. जुलाई १७ सोमबारका दिन परराष्ट्र मन्त्रालय नेपालद्धारा बिएनओ गोर्खा एसोसियसनको माग बमोजिम नेपालमा २१ बर्षसम्मकालाइ दोहोरो नागरिकता लिन छुट नभएको कानुनी राय सहितको पत्र बेलायती राजदुतावास काठमाण्डौं मार्फत होमअफिसलाई र नेपाली राजदुतावास लण्डनलाई पठाइएको जानकारी र ती पत्रहरुको बोधार्थ प्राप्त ।
  43. जुलाई २६ का दिन नेपाली राजदुतावास लण्डनबाट परराष्ट्र मन्त्रालय नेपालको जानकारी बमोजिम नेपालमा २१ बर्षसम्मकालाइ दोहोरो नागरिकता लिन छुट नभएको कानुनी राय सहितको पत्र ।
  44. अगष्ट १ मंगलबारका दिन यीनै पत्रहरुका आधारमा उपरान्त ४ फेबु्रवरी १९९७ मा २१ पुगिनसकेका बिएनओहरुलाई बेलायती नागरिकता निम्ति फुकुवा गरिनु पर्ने अनुरोधका साथ होम अफिस पत्र पठाइएको ।
BNO (GURKHA) ASSOCIATION UK - Khusilimbu.com