मिडियाहरुले ‘नायक’ र ‘नायिका’ शब्दको अर्थ र महत्वलाई हल्का रुपमा लिंदा हाम्रा वास्तविक जीवनका नायक नायिकाहरुको पेशा र गरिमालाई अलि ओझेलमा पारिदिए जस्तो लाग्ने । त्यसैले मैले त सधैं भन्ने गरेको छु, आफ्नो बैंश छउन्जेल हल्काफुल्का पैसा लिएर सिनेमामा खेल्ने कलाकारहरुलाई ‘अभिनेता’ ‘अभिनेत्री’ भनेर सम्मान गर्न जानौं । तीन घण्टाको फिल्म हेरुन्जेलसम्म उहाँहरु नायक नायिका नै हुन् । तर फिल्म हेरिसकेपछि उनीहरुलाई नायक नायिका भन्नु भनेको उहाँहरुलाई जिस्काउनु हो भन्ने लाग्छ ।
वास्तविक नायिकाहरु त यी यस फोटोमा भएकाहरु हुन् । कोरोना विरुद्दको अहिलेको विश्वयुद्दमा अगपङतिका लडाकूहरु यिनै हुन । अर्थात मिलिटरी भाषामा भन्नुपर्दा इन्फेन्ट्री बटालियनका सैनिक कमाण्डोहरु । आफ्नो जीवनलाई हत्केलामा राखेर लाखौंको ज्यान बचाउनेहरु पैसाका र नामका लागि मात्रै गर्ने भए आज कुनै बहनामा हामी जस्तै घर बसिरहेका हुन्थे होलान् । यी नायिकाहरुको बन्दुक प्लास्टिकको छैन, यिनीहरुलाई एउटाले डाइलग बोलिदिनु पर्ने, अर्कोले गीत गाइदिनु पर्ने र अर्कैले स्टण्ट गरिदिनु पर्ने आवश्यकता हुन्न ।
यी त भए मेरो फेसबूक फ्रेण्ड लिस्टमा भएका नायिकाहरु । नत्र सबैको फोटोहरु राख्ने थिएँ यहाँ । त्यसो त आज आएर नर्सिङ पेशा भन्ने बित्तिकै महिलाहरुले मात्र गर्ने वा गर्नुपर्दछ भन्ने छैन । मेरा धेरै पुरुष साथीहरु यस सम्मानित पेशामा छन् । तर आज उहाँहरुको फोटो जम्मा गर्न भ्याइन ।
आज ५५औं विश्व नर्सिङ दिवस । विश्वभरका सबै नायिका नायकहरुलाई शुभकामना । आजको दिनले यहाँहरुलाई पेशाप्रति अरु इमान्दार र समाजप्रति अरु जिम्मेवार हुन प्रेरणा देओस् ।