धनकुटाको प्रस्तवा दर्ता नभए प्रदेश सभाका सदस्यहरुको राजनैतिक भविष्य समाप्त हुने चेतावनी - Khusilimbu.com

धनकुटाको प्रस्तवा दर्ता नभए प्रदेश सभाका सदस्यहरुको राजनैतिक भविष्य समाप्त हुने चेतावनी

फिदिम । धनकुटालाई राजधानी बनाउने प्रस्ताव धनकुटाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले दर्ता नगरे उहाहरुको राजनैतिक भविष्य समाप्त हुने धनकुटामा आयोजित सभामा स्थानीयले बताएका छन् ।

धनकुटालाई प्रदेशको राजधानी बनाउने उद्घोष गर्दै धनकुटामा निस्किएको सभाव ¥यालीले धनकुटा बजारका विभिन्न भागहरुको परिक्रममा गरी मदन चौकमा आयोजित सभाव सभामा धनकुटेलीहरुले उक्त भनाइ व्यक्त गरेका हुन ।

उत्त सभामा नेकपा धनकुटका सचिव ऋषिराम ढंुगानाले आफ्नो जन्मभूमी र कर्मभूमी धनकुटा भएकाले धनकुटाको भविष्यको लागी पनि प्रदेश सभा सदस्यहरुले पार्टीको निर्देशन नमानी धनकुटका पक्षमा लाग्नु पर्ने वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले धनकुटाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभाका सदस्यहरुले धनकुटालाई राजधानी बनाउने प्रस्ताव दर्ता नगरे धनकुटामा उहाहरुको राजनैतिक भविष्य समाप्त हुने भएकोले धनकुटाको भविष्यका लागी भए पनि प्रस्ताव दर्ता गर्न प्रदेश सांसदहरुलाई आग्रह गर्नु भयो ।

धनकुटा जिल्ला विकास समितिका संयोजक टंक वहादुर चुवानले धनकुटालाई राजधानी बनाउन अव अन्तिम र निर्णायक अभियान संचालन गर्नु पर्ने वताउनु भयो ।
प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरवाबु श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको सभामा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ अबको आन्दोलन निर्णयक हुने बताउदै सवै किसिमले प्रदेश १ को राजधानी उपयुक्त रहेको धनकुटालाई अव धनकुटा र विराटनगरमा समेत अभियानलाई सशक्तका साथ व्यापक रुपमा संचालन गर्नु पर्ने वताउनु भयो ।

सो अवसरमा सामाजिक अभियान्त तथा अधिवक्ता आनन्द सन्तोषी राई, अर्जुन छाराहाङ्ग,सुजन भाई जोशी,फुर्वा घिसिङ्ग,धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ्ग, संघिय समाजवादी फोरम नेपाल धनकुटका सहसचिव डम्वर कटुवाल,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे ,धनकुटा प्रादेशिक राजधानी अभियान्तहरु हेमचन्द्र किराती सत्यनारायण श्रेष्ठ,होम प्रसाद अधिकारी,सरोज श्रेष्ठ, बिजय घिमिरे, आदिवासी जनजाती महासंघ धनकुटा अध्यक्ष सञ्जय सन्तोषी राई, धनकुटका केन्द्रिय प्रतिनिधि बिनोद घिमिरे ,सचिव विदुर खवास,सहसचिव हरी वहादुर लम्जेल, पत्रकारहरु विकास घिमिरे,कविराज घिमिरे,

कोकिला भण्डारी,धनकुटा प्रादेशिक राजधानी अभियान्तहरु सावित्रा राई, मञ्जु पौडेल,गिता खेवा,बसन्त राई,सुजित प्रधान,सुरेन्द्र श्रेष्ठ,माधव दाहाल, लगायतले उपस्थित सम्पूर्ण धनकुटाबासीहरुले प्रदेश सभाका सदस्यहरुले जसरी भए पनि धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउने प्रसताव दर्ता गर्नु पर्नेमा जोड दिएका थिए  ।

धनकुटाको प्रस्तवा दर्ता नभए प्रदेश सभाका सदस्यहरुको राजनैतिक भविष्य समाप्त हुने चेतावनी - Khusilimbu.com